Sunday, February 22, 2015

श्रीमानलाई रुखमा बाँधेर श्रीमतीको सामुहिक बलात्कार

फागुन १० गते
काठमाडौं । विश्वमा विहे नभएका केटीहरुको बलात्कार गरेको त सुनिन्थ्यो । वालिका युवतीलाई बलात्कार गरेका खबर पनि आइनैरहन्छन् । तर यो कलियुग नसोचेको पनि हुँदो रहेछ ।
श्रीमान र श्रीमती संगै घर जादै थिए । गाउँको बाटो भएर घर जाने क्रममा ५÷६ जना अल्लारे युवाहरु नजिक आएर उनको श्रीमतीलाई जिस्क्याउन थाले । जिस्क्याउन थालेपछि श्रीमानले प्रतिकार गर्न खोजे ।
तर अल्लारे युवाहरुले श्रीमतीलाई उठाए । श्रीमानले अझै प्रतिकार गर्न खोजे तर सकेनन् । उनलाई अल्लारे युवाहरुले रुखमा डोरीले बाँधेर उनकी श्रीमतीलाई उठाएर जंगलमा लगे ।
जंगलमा ती युवाहरुले पालैपालो उनका श्रीमतीको कपडा च्यात्दै नाङ्गै पारेर बलात्कार गरे । श्रीमतीलाई हिडँन् नसक्ने अवस्थामा उनले बीच जंगलमा ५ घण्टापछि नाङ्गै फेला पारेका थिए ।
यो घटना भारतको हरियाणा राज्यको हो । पेसाले टायर पेन्चर मेकानिक ती दम्पतीले बलात्कार सिकार भएपछि प्रहरीमा जाहेरी दर्ता गराएका छन् । ती महिलाको भिवानी सिविल अस्पतालमा उपचार भइरहेको छ ।
सामुहिक बलात्कारको यो घटनामा अनुसन्धान सुरु गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस घटनाका दोषिलाई फाँसी सजाय हुनसक्छ । - एजेन्सीको सहयोगमा

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस