अनुपमाले ट्विटरमा जानकारी दिँदै लेखेकी छिन्, ‘साथीहरु मलाई स्वाइन फ्लू भएको छ त्यसकारण यो हप्ता कुनै रिभ्यु होइन । तपाईंहरु सबैले मलाई मैले के मिस गरेँ त्यो बताइदिनुहोस् ।’
स्मरण रहोस्, विधु विनोद एक समारोहमा पुगेका थिए जहाँ गुरु दत्तको फिल्म ‘कागजको फूल’, ‘चौदवी चान्द’, ‘साबिह बीबी और गुलाम’ को स्क्रिनप्ले लञ्च भएको थियो । उक्त कार्यक्रममा सरिक भएको केहि दिनमा नै उनलाई स्वाइल फ्लू लागेको बताइएको छ र यो रोग उनको परिवारलाई पनि सरेको बताइएको छ । विधुको स्वास्थ्यमा निकै सुधार आइरहेको र उनले चाँडै नै हस्पिटलबाट छुट्टी पाउने बताइएको छ ।