Monday, February 23, 2015

मेरो फिगर सेक्सी छ - माला लिम्बु

नेपाली चलचित्र क्षेत्रमा सुनौलो भविष्य देखेर
नयाँ नयाँ अनुहार भित्रिएको पाइन्छ ।
सिंगापुरमा जन्मिएकी नेपाली चेली माला लिम्बु
पनि अहिले यही सोचका साथ अगाडि बढेकी छिन् ।
‘गुडबाई काठमाण्डु’मा पहिलो पटक काम
गरेकी मालाका लागि प्रदर्शनको आधारमा ‘वन वे’
पहिलो चलचित्र बनेको छ । फागुन १ गतेबाट
प्रदर्शनमा आउन लागेको यो चलचित्रमा आफू एक
प्रेमिकाको भूमिकामा रहेको मालाले बताइन् ।
अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्तर्गत कुरा गर्दै
मालाले भनिन्-‘मलाई सानैदेखि कलाकार बन्ने
चाहना थियो । यसैले म यो क्षेत्रमा आएकी हुँ ।


शारिरीक रुपमा निक्कै फिट
देखिएकी यी सुन्दरी यसको राज
सिंगापुरमा रहँदा गरेका व्यायाम र खेललाई
मान्छिन् । यसैले उनलाई आफ्नो शरीर सेक्सी छ
भन्दा कुनै आपत्ती छैन । चलचित्र ‘वन वे’मा कलाकार
सिद्धार्थ गुरुङसँग लिप किस दिएकी मालाले
भनिन्-‘मलाई यसमा कुनै आपत्ती छैन । नेपालको गाउँले
परिवेशमा यो नरुचाइए पनि काठमाण्डौ र मुख्य-मुख्य
शहरमा रुचाइन्छ ।’ उनले चुम्बनलाई माया साट्ने
राम्रो उपाय भएको समेत खुलाइन् ।
सेक्सी फिगर भएकाले आफूलाई विकिनी लगाउन समेत
कुनै अप्ठ्यारो नहुने मालाको तर्क छ । तर,
यसका लागि चलचित्रको कथावस्तु नै त्यस अनुसार
बग्नुपर्छ भन्छिन् उनी ।
नेपाली भाषा अझै पनि स्पष्ट बोल्न नजान्ने मालाले
आफूलाई सुधार गर्नुपर्ने कुरा पनि धेरै भएको बताइन् ।
मालाले भनिन्-‘अभिनय भनेको काम गरे अनुसार नै
सुध्रिने कुरा हो । म
सबैभन्दा पहिला मेरो नेपाली भाषा स्पष्ट पार्न
चाहन्छु ।’
नले २ चलचित्रमा अभिनय गर्दा आफूले धेरै
कुरा सिकेको खुलाइन् । नेपाली चलचित्रमा लागेर
स्टार बन्ने सपना नभएपनि माला एउटा उचाइमा पुग्छु
भन्ने ठान्छिन् । मालालाई थ्रिलर र एक्सन
चलचित्रमा काम गर्ने चाहना छ ।
यस्ता चलचित्रको अफर आइदिए हुन्थ्यो भन्ने
चाहना उनले व्यक्त गरिन् ।
बलिउड नायक सलमान खानकी फ्यान माला कुनै दिन
आइटम गीतमा नाच्ने सपना सुनाउँदै थिइन् ।
नेपालमा भने उनलाई सौगात मल्लसँग काम गर्ने रहर छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस