Saturday, February 14, 2015

एमालेलाई झैं एमाओवादीको पनि उपचार गर्छौं : मन्त्री निधि

२ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सहमति र प्रक्रियाको नाममा अनावश्यक विवाद सिर्जना भएको बताएका छन् ।
दिपेन्द्र पोखरेलद्धारा लिखित ‘बटेश्वरका बृहस्पति’ नामक पुस्तकको विमोचन गर्दै निधिले भने-‘जसरी हामीले एमालेलाई समयको औषधी ख्वाएरउपचार गराएका थियौं । त्यसैगरी एमाओवादीलाई पनि उपचार गरि सहमति र सम्वादवाट लोकतान्त्रिक संविधान जारी गर्नुपर्छ ।’
सहमति र प्रक्रिया एक अर्काका परिपुरक भएको भन्दै उनले सहमति भएपनि अन्त्यमा संविधानसभा नियामवली अनुसार प्रक्रियामा जानुपर्ने बताए ।
www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस