Thursday, February 26, 2015

युवतीलाई अश्लील तस्बिर भिडियो पठाउने प्रहरी जवान यसरी परे पक्राउ

बिहिबार, फाल्गुण १४,
विद्युतीय माध्यम प्रयोग गरी युवतीलाई अश्लील तस्बिर, भिडियो र शब्द पठाएर साइबर क्राइम गरेको आरोपमा महोत्तरीमा एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला फूलबरिया गाविस–४ घर भई जनकपुर अञ्चल प्रहरी कार्यालयमा कार्यरत विकासकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ।

पीडित युवतीको जाहेरीले प्रतिवादी  सिंहलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी अदालतकै आदेशानुसार विद्युतीय कारोबार ऐन (साइबर क्राइम) मुद्दामा उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।



तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस