Tuesday, February 17, 2015

ढिलो गेट खोलेको भन्दै भारतीय धनाढ्यद्वारा सुरक्षा गार्डको किचेर हत्या

मङ्गलबार ५ फागुन,
नयाँ दिल्ली- एक भारतीय धनाढ्यले समयमै गेट नखोलेको भन्दै घरका सुरक्षा गार्डलाई गाडीले किचेर ज्यान लिएका छन्। दुई हप्ताअघि सो घटना घटेको प्रहरी अधिकारी बिजु कुमारले बताएका छन्। उनका अनुसार दक्षिण भारतका धनाढ्य मोहम्मद निसामले समयमै गेट नखोलेपछि ती गार्डलाई गाडीले ठोक्काएर घाइते बनाएका थिए। त्यतिमात्र नभएर उनलाई भित्तामा पुर्‍याएर रडले हानेका थिए।

घाइते ती सुरक्षा गार्डको अस्पतालमा उपचारको क्रममा गत सोमबार निधन भएको छ।
यसअघि पनि निसामविरुद्ध विभिन्न मुद्दा दायर भएको थियो। त्यसमध्ये २०१३ मा उनका ९ वर्षीय छोराले सार्वजनिक सडकमा कार कुदाएको मुद्दा पनि हो।



तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस