Thursday, February 19, 2015

दुलाहा ढलेपछि दुलहीले रोजिन बिहे भोजमा आएका पाहुना

एजेन्सी – एक जना भारतीय युवतीले आफ्नो विवाहको अवसरमा भावि पति छारेरोगका कारण अचानक बेहोस भएपछि सो विवाहभोजमा सरिक एक पाहुनासँग विवाह बन्धनमा बाँधिएकी छिन् ।
जुगल किशोर नामक ती दुलाहाले आफूले विवाह गर्न लागेकी इन्दिरा नामक युवती र तिनका परिवारलाई आफ्नो रोगबारे पूर्वजानकारी नदिएको बताएको छ । विवाह स्थलबाटै भावी पतिलाई अस्पताल लगिएपछि आक्रोसित इन्दिराले अर्कै पुरुषसँग विवाह गर्ने निर्णय गरेकी थिइन् ।
उनले अतिथिको रुपमा त्यहाँ उपस्थित आफ्नो भाउजुको भाइको परिवारका एक सदस्यलाई आफूसँग विवाह गर्न प्रस्ताव राखेकी थिइन् । उत्तरी भारतीय राज्य उत्तर प्रदेशको रामपुर शहरमा भएको यस घटनामा ती पुरुषले पनि तत्कालै उनको प्रस्ताव स्वीकारेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस