उक्त दिन आफूलाई मन पर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने चलन छ । प्रेममा परिसकेकाहरुले भने माया साटासाट गरेर भ्यालेन्टाइन डे मनाए । धेरैका लागि सुखी बनेर आएका भ्यालेन्टाइन डे काठमाण्डुका दुई किशोरीका लागि भने अभिशाप बनेको छ ।
काठमाण्डुमा भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव अस्वीकार गरेको आरोपमा आइतबार बिहान एक किशोरीमाथि एसिड प्रहार भएको छ ।
वसन्तपुर झोछेस्थित एक ट्युसन सेन्टरमा बसिरहेका बेला मुखमा माक्स लगाएर आएका केही अपरिचत युवाको समूहले १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । बस्नेतलाई लक्षित गरी छ्यापिएको एसिड लागेर सँगै रहेकी १६ संगीता मगर पनि घाइते भइन् ।
पारिवारिक स्रोतका अनुसार सीमालाई भ्यालेन्टाइन डेका दिन कसैले प्रेम प्रस्ताव राखेको थियो । तर उनले अस्वीकार गरिन् ।
प्रेम अस्वीकार गरेकै कारण बदला लिन उनीमाथि एसिड प्रहार भएको अनुमान पारिवारिक श्रोतको छ । तर प्रेम प्रस्ताव राख्ने को थिए भन्ने खुलाइएको छैन । सीमाको अनुहार र ढाडसहित शरीरका विभिन्न भाग एसिडले डढेको छ ।
सिमाको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते संगीताको भने वीर अस्पतालमा उपचार जारी छ । यसैबीच प्रहरीले घटनामा संलग्नको खोजीकार्य तीव्र पारिएको बताएको छ ।
हेरौं एसिडबाट घाइते भएका दुई किशोरीको अवस्था ।
काठमाण्डु टुडे बाट