गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रचण्डको सुरक्षा संवेदनशिलताप्रति सरकार पूर्ण रुपमा सजग रहेको जनाएको छ ।
प्रचण्डलाई अहिले पनि उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको विज्ञप्तिमा खतराको विश्लेषण गरी आवश्यक सबै स्तरको सुरक्षा व्यवस्था मिलाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले असुरक्षा हुन सक्ने बारेमा कुनै जानकारी भए गृहमन्त्रालयलाई अवगत गराउन पनि प्रचण्डलाई आग्रह छ । एमाओवादी अध्यक्ष प्रचण्डले केही दिन अघिको कार्यक्रममा आफूमाथि आक्रमण हुन सक्ने खतरा रहेको भनी अभिव्यक्ति दिनुभएको थियो ।
यस्तो छ मन्त्रालयको विज्ञप्तिः