Tuesday, March 3, 2015

तीनकुनेमा ट्रकले बाइकलाई किच्यो, श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते

फागुन १९
फोटो :रजेन्‍द्र केसी
काठमाडौं : राजधानीको तीनकुनेस्थित मूल सडकमा तेल बोकेको एउटा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक महिलाको मृत्युको भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन्।


काटेश्वरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको ना २ ख २७३५ नम्बरको ट्यांकरले बा ५२ प ५८२४ नम्बरको बाइकलाई ठक्कर दिएपछि दुवैजना सडक ढलेका थिए। काटेश्वर ट्राफिक प्रहरी कार्यलयका निरीक्षक पोषणराज ढकालका अनुसार सडकबाट उठाएर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो।


मृत्यु हुनेमा काभ्रे निवासी ४५ वर्षीया हिरा लामा छन्।उनको टाउको फुटेर सडकमै रगत बगेको थियो। उनका श्रीमान् गणेश लामाको सिभिल अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्नपूर्ण पोष्टबाट साभार

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस