सामाजिक सञ्जाल फेसबुकमाथि अमेरिकामा मुद्धा परेको छ । वालवालिकाले आमा बाबुको अनुमति नलिइकन फेसबुकमा खर्च गरेको पैसा फिर्ता गर्न अस्वीकार गरेको भन्दै फेसबुक विरुद्ध मुद्धा परेको हो ।
मुद्धाको सुनुवाइ यसै वर्षको अन्त्यमा हुने छ । फेसबुकले आफूलाई अदालतमा बचाउ गर्नु पर्ने भएको छ ।
अमेरिकाको क्यालिफोर्निया सानो जोसेस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधिशले फेसबुक अदालतमा उँभिएर जवाफ दिन बाध्य हुने बताए ।
वालवालिकाले फेसबुकमा अनावश्यक पैसा खर्च गर्ने गरेको र त्यसमा मातापिताको सहमति नभएपनि फेसबुकले भने पैसा फिर्ता गर्न अस्वीकार गरेको भन्दै यस्तो मुद्धा परेको हो ।
यस अघि सन् २०१४ मा अमेरिकी प्रविधी कम्पनी एप्पल पनि यस्तै खालको मुद्धामा ३ करोड २० लाख अमेरिकी डलर भन्दा बढी तिर्न बाध्य भएको थियो ।
यसैगरी गुगलले पनि १ करोड ९० लाख डलर तिरेको थियो ।