Tuesday, March 10, 2015

पोतला दरबारअगाडि खिचिएको पूर्वराजा बीरेन्द्र सपरिवारको दुर्लभ तस्बिर

मंगलवार, 26 फागुन,

संवैधानिक राजतन्त्रलाई पुर्नस्थापित गर्न लागि परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा बीरेन्द्रको सपरिवारको फोटो ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।
आफ्नो पार्टी फुटेको भोलिपल्ट पूर्वराजा बीरेन्द्रको सपरिवारको फोटो ट्वीटरमा अप्लोड गर्नु आफैंमा अर्थपूर्ण मानिएको छ । किनकि, उनको तस्बिरमा पूर्वयुवराज दीपेन्द्र देखिदैनन् । पूर्वराजा बीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज्ञी श्रुति र पूर्वयुवराज निराजन तस्बिरमा देखिएका छन् । यो तस्बिर चीनको स्वशाषित क्षेत्र तिब्बतको ल्हासास्थित पोतला दरबार अगाडि खिचिएको हो । र, खिच्ने व्यक्ति हुन् राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी । डा लोहनीको तस्बिर कमल थापाले किन अप्लोड गरे ? त्यो उनले ट्वीटरमा प्रष्ट्याएका छैनन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस