स्वाइन फ्लूको आतंक पछि नेपालका सीमावर्ती भारतीय राज्यमा बर्ड फ्लूको महामारीको खतरा देखिएको छ । उत्तर प्रदेशमा बर्डफ्लुका संक्रमित कुखुरा फेलापरेपछि राज्यभरी नै शतर्कता आदेश जारी गरिएको छ ।
त्यहाँ बर्ड फ्लु संक्रमित भएको आसंकामा सयौं कुखुरा र चरा मारिएको छ ।
कुखुराको मासु खाने बानी छ भने एक पटक विचार गर्नुस् अघिल्लो वर्ष पनि भारतबाट भित्रिएको भनिएको बर्डफ्लुले नेपालमा आतंक मच्चाएको थियो ।
उत्तर प्रदेशका विभिन्न गाउँमा कुखुरामा बर्डफ्लुको संक्रमण पुष्टी भैसकेको छ । अन्य गाउँमा पनि कुखुराहरु मरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बर्डफ्लु संक्रमित कुखुराबाट मानिसमा समेत यो रोग सर्ने खतरा हुन्छ । उत्तर प्रदेशमा बर्डफ्लुका कारण १७ जनाको मृत्यु भैसकेको बताइएको छ ।