पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अधिकारीले बालक पौडेल पहिले देखि नै निमोनियाको रोगी भएको र रातभर जंगलमा चिसो र बर्षाले रुझेका कारण संक्रमण बढेको बताएका छन । निर्दयी आमा मिना पौडेलका बिरुद्ध श्रीमान कृष्णबहादुर पौडेलले ११ महिने छोरालाई जंगलमा छाडेर मार्ने प्रयास गरेको किटानी गरेका छन । आमाले मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा मंगलबार दिउँसो छोरालाई छाडेर फलेबासमा प्रेमीलाई भेट्न गएकी थिइन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टा पछि जीवित उद्दार गरेको हो । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा डेरामा बस्दै आएकी मिनाले प्रेमीको विश्वास जित्न छोरालाई जंगलमा फालेर गएको अनुसन्धानमा खुलेको प्रहरीले जनकारी दिए । प्रेमीले छोरा नभए स्वीकार गर्ने बताएकाले जंगलमा छाडेर हिँडेको मिनाको बयान छ ।
दलित समुदायकी मिना परियारले क्षेत्री समुदायका कृष्णबहादुर पौडेलसँग अन्तरजातीय प्रेम बिबाह गरेकी थिइन् । बिबाहपछि केटाको परिवारले हेला गर्न थालेकाले उनी माइती नजिक डेरामा बस्दै आएकी हुन् । मिनाको प्रेमको विश्वासमा परेर आफुले परिवार र आफन्त छाडको कृष्णबहादुरले बनाए। उनका ५ वर्षीय छोरा किस्मत र ३ वर्षीय छोरा काले मामा घर बस्छन् । कृष्णबहादुर सवारीचालक हुन् । रासस
Source-रासस