Wednesday, March 4, 2015

काठमाडौमा टर्कीस एयरको विमान दुर्घटना

२० फागुन, काठमाडौ ।


टर्किस एयरको विमान  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवे मा चिप्लिएर दुर्घटना भएको छ ।

बाक्लो हुस्सुका कारण विमान रनवेमा अवरतण गर्ण खोज्दा  चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।  Tarkis

 विमानको अगाडिको टायर पल्टिएको छ । विमानमा रहेका सबै २२४ यात्रुलाई सकुसल उद्धार गरिएको छ । दुर्घटनाको क्रममा ३ जना सामान्य घाइते भएको बुझिएको छ । विमान रनवेमा नै रहेको छ ।



काठमाडौंका लागि स्तानबुलबाट उडेको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस