Tuesday, March 10, 2015

ओलीलाई छातिमा इन्फेक्सन, उनलाई घरमै विशेष उपचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छातीमा ‘इन्फेक्सन’ भएपछि एमाले स्थायी समिति बैठक स्थगित भएको छ।
ओली चिकित्सकको सल्लाहमा केही दिनदेखिन निवासमै आराम गरिरहेका छन्। स्वास्थ्यमा समस्या भएकाले अध्यक्ष ओली प्रमुख राजनीतिक दलसँगको बैठकमा पनि सहभागि भएका छैनन्। यसअघि प्रधानन्त्री निवासमा भएको प्रमुख तीनसँग आन्दोलनरत एमाओवादी मोर्चाको बैठकमा पनि सहभागी हुन सकेका थिएनन्।
मंगलबार हुने भनिएको स्थायी समितिको बैठक ओलीको छातिमा इन्फेक्सन भएर बोल्नै गारो भएपछि रोकिएको एमाले सचिव योगेश भट्टराईले बताए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस