श्वेताले आफ्नो सुहागरात नै बेदनामय भएको समेत बताएकी छन् । उनले श्रीकृष्णलाई व्यथाले च्यापेपछि परिवारका सबै सदस्य उनलाई कुरेर बसेको बताइन् । ‘हाम्रो सुहागरात वेदनामय भयो । उहाँलाई व्यथाले चापेपछि म र परिवार रातभरि उहाँलाई रुँगेर बस्यौं’, श्वेताले भनिन् ।
श्वेताले श्रीकृष्णले छाडेपछि चार महिना मरेतुल्य भएर बिताएको बताएकी छन् । उनले उक्त अवधिमा दिन र रातको समेत भेउ नपाएको बताइन् । ‘उहाँले छाडेपछिका चार महिना त मैले मरेतुल्य भएर बिताएँ । मलाई दिन र रातको समेत भेद भएन । थला परेको विरामीलाई जसरी अरुले स्याहारेर राखे । दुई महिना डिप्रेसनको औषधि खानुपर्यो’,श्वेताले भनिन् ।