नवजात शिशु फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायबउपरीक्षक चक्रराज जोशीले जानकारी दिए । अवैध सम्बन्धका कारण शिशु जन्मिएकाले घटना लुकाउन शिशुको हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । यसअघि पनि विभिन्न समयमा पातुलखोला र आसपासमा क्षेत्रमा नवजाति शिशु मृत अबस्थामा फेला पर्दै आइरहेका थिए ।