तातो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमता घट्ने गर्दछ । आफुलाई चिसो राख्नुहोस् – शुक्रकिट चिसो वातावरणमा राम्रो किसिमले विकशित हुन्छ । त्यसैले तातो पानीले नुहाउने बानीले पुरुषको प्रजनन क्षमता घट्ने गर्दछ । चिसो पानीले नुहाउंदा पुरुषमा शुक्राणुको उत्पादन पाँच गुणाले बढ्ने गर्दछ । तातो पानीले नुहाउनु भन्दा चिसो पनिले नुहाउने र घाम ताप्ने, घाम ताप्दा भिटामिन डी प्राप्त हुन्छ । यसले मानिसमा प्रजनन क्षमता बढाउँछ । भिटामिन डी ले महिलामा सेक्स हर्मोन प्रोजेस्टोन तथा एस्टोजेनको स्तर बढाउँछ जसबाट महिनावारी नियमित हुने तथा गर्भधारण सहज हुन्छ । पुरुषमा घामले शुक्राणुको संख्या बढाउन मद्धत गर्छ । महिलाहरुको प्रजनन क्षमतामा तनावले ठूलो असर पूराउँछ । तनाव र बढि व्यस्तताले पुरुषमा शुक्राणुको उत्पादन कम गर्छ र यौन इच्छा पनि घटाउँछ । पुरुषमा दुग्धजन्य पदार्थले अण्डासयको कामलाई नियमित तथा सन्तुलित बनाउँछ ।
त्यस्तै, धूमपान गर्ने पुरुषमा नपुंशक बन्ने खतरा ५० प्रतिशत बढि हुने तथा धूमपानका अम्मली पुरुषहरुमा शुक्राणुको संख्या कम हुने अध्ययनले देखाएको छ । धूमपान गर्ने महिलाहरुको प्रजनन क्षमता धूमपान नगर्ने महिलाहरुको तुलनामा ३० प्रतिशत सम्म कम हुने विज्ञहरुको भनाई छ । धूमपानको कारण गर्भाशयमा गर्भाधान तथा भ्रुणको विकाश हुनमा समेत बाधा पर्नसक्छ ।