कोरियास्थित एक अदालतले ६२ वर्ष पूरानो एक्स्ट्रामेरिटल अफेयर कानुनबाट यसलाई अपराधको सूचीबाट निकालेको हो । यसप्रकारको कानुन कार्यान्वयनमा आउने बित्तिकै कोरियामा कण्डोमको माग ह्वात्तै बढेको छ।
फैसला सुनाउँदै आदालतले यो कानुनका कारण व्यक्तिगत स्वतन्त्रता हनन भएको बताएको छ। सन् २००८ देखि अहिलेसम्म यो कानुनअन्तर्गत ४ हजार ४ सय जनामाथि अवैध यौन सम्बन्ध बनाएको अपराधमा मुद्दा चलाइएको थियो । नयाँ कानुन आएपछि उनीहरुलाई पनि आरोपमुक्त गरिएको छ।
यसअघिको कानुन अनुसार विवाहित महिला वा पुरुषले आफ्नो श्रीमान वा श्रीमतीबाहेक अन्य कसैसँग यौन सम्बन्ध कायम गरेको आरोपमा दोषी ठहर भए दुई वर्षसम्मको जेल सजाय गरिँदै आएको थियो । सन् १९८५ देखि अहिलेसम्म करिब ५३ हजार कोरियाली नागरिकलाई यस मामिलामा दोषी ठहर गरिएको थियो । यद्यपि सजाय भने निकै कमलाई मात्र भएको बताइएको छ ।
अदालतको यस्तो फैसलासँगै कण्डोम उत्पादन कम्पनीहरु फाइदामा गएका छन् । दक्षिण कोरियाको कोसडेक मार्केट ‘युनिडुस कार्प’ को स्टक प्राइज १५ प्रतिशत वृद्धि भएको छ।
दक्षिण कोरियामा सन् १९५३ मा क्रिमिनल ल आएपछि व्यभिचारलाई गैरकानुनी गरिएकोमा बहस जारी थियो । विशेषगरी पछिल्लो समय समाजिक सोचमा आएको परिवर्तनबाट देशको परम्परागत मूल्यमाथिको बहस तिब्र बनेको थियो । एजेन्सी