Sunday, March 15, 2015

आयो आफ्नै लुगाबाट मोवाइल चार्ज हुने नयाँ प्रविधि

एजेन्सी– अब विश्वमा यस्तो प्रविधिको विकास हुँदैछ जसबाट तपाइँले लगाएको कपडाले नै तपाइँको मोबाइल चार्ज हुनेछ ।
अमेरिका र चीनमा भएका छुट्टाछुट्टै अनुसन्धानले यस्तो प्रविधिको विकाश गर्न सकिने देखाएको हो । अनुसन्धानले सरीरमा लगाउने कपडामा राखिने सोलार प्यानलका माध्यमबाट स्मार्टफोन मात्र होइन जिपिएस तथा ट्याब्लेट समेत चार्ज गर्न सकिने देखाएको छ ।
सोलार ड्रेसेज फोटोभोल्टाइक सेल भनिने यो प्रविधिले यस्तो उपकरणको रुपमा काम गर्ने र ग्याजेटलाई सजिलैसँग चार्ज गर्न सकिने बताइएको छ ।
यो प्रविधिले सूर्यको किरण जब फोटोभोल्टाइक ब्याट्रीमा पर्छ तब त्यसबाट प्राप्त उर्जालाई सेमीकण्डक्टर सम्म पूराउने काम गर्छ । सेमीकण्डक्टरमा रहेका इलेक्ट्रोनहरुको सम्पर्कमा आएसँगै उक्त सौर्यउर्जा विद्युतमा परिणत हुन्छ ।
अमेरिकाको लस एन्जल्समा रहेको सिल्भर लाइनिङ नामक कम्पनीले केही समय पहिले नै सौर्य ब्याट्री प्रविधिमा आधारित आफ्ना पहिरनहरु बजारमा ल्याइसकेको छ ।
निकै कलात्मक ढंगले प्रयोग गरिएको यो प्रविधिमा कपडामा आइफोन लगायतका स्मार्टफोन चार्ज गर्ने सुविधा समेत उपलब्ध छ । कम्पनीका अनुसार यी कपडाहरु त्यस्ता मानिसहरुका लागि उपयोगी छन् जो कुनै न कुनै कामका लागि घर वा कार्यालयबाट टाढा रहन्छन् ।
यसका केही बेफाइदा पनि छन् । सोलार कपडामा विद्युत प्रवाह गर्नका लागि लामो समयसम्म घाममा बस्नु आवश्यक हुन्छ । लामो समय चर्को घाममा बस्दा अन्य खाले समस्या उत्पन्न हुने डर हुन्छ । यस्तो कपडामा विद्युत उर्जा संग्रह गर्ने वा स्टोर गर्ने सुविधा पनि हुँदैन जसले घाममा बसुन्जेल मात्र मोबाइल चार्ज हुन्छ र घामबाट टाढा भएपनि कपडाको सोलारले काम गर्दैछ । यो प्रविधि जडित कपडाहरु निकै महंगो भएकाले सबै उपभोक्ताको रोजाइमा पर्न नसकेको अवस्था छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस