Wednesday, March 11, 2015

करिना मानसिक अस्पतालमा

एजेन्सी ।


बलिउड सुन्दरी करिना कपुर मानसिक अस्पताल पुगेकी छिन् । नझुक्किनुस् उनी कुनै मानसिक समस्या भएका कारण मानसिक अस्पताल पुगेकी भने होइनन् । उनी आगामी चलचित्रमा मानसिक रोगीको अभिनय गर्नु परेकाले त्यस सम्बन्धी ज्ञान लिन अस्पताल नै पुगेकी हुन् ।




राजकुमार गुप्ताले निर्देशन गरेको चलचित्रमा अभिनय गर्नका लागि करिनाले मानसिक अस्पतालमै पुगेर अध्यन गर्न थालेकी हुन् ।

यो चलचित्र मानसिक रोग यस सम्बन्धी भारतीय कानूनमा आधारित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस