सरकारले बलात्कारपछि मृत्यु भएकी बाराकी ७ वर्षिया बालिका पूजा साहको निधनप्रति दुख ब्यक्त गर्दै आवश्यक राहतको ब्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आज बसेको मन्त्री परिषद् बैठकले वलात्कारीलाई कारबाही गर्न कडा कानुनी ब्यवस्था गर्ने निर्णय पनि गरेको शान्ति तथा पुनर्निमाण मन्त्री नरहरि आचार्यले जानकारी दिए ।
धादिङ पीडामा विषादी मिसिएको रोटी खाएर मृत्यु भएका वासिन्दाको परिवारलाई उचित राहात र विरामीको सबै उपचार खर्च ब्यहोर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले काठमाडौंमा एसिड आक्रमणमा परी उपचार गराइरहेका दुई किशोरीलाई अस्पतालबाटै एसएलसी दिने व्यवस्था मिलाउने पनि प्रतिवद्धता जनाएको छ । त्यसका लागि शिक्षा मन्त्रालयलाई आग्रह गर्ने मन्त्री आचार्यले बताए ।
Acid effected ktm
केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान दुर्घटना हुँदा चार दिन अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि सरकारले त्यसको विकल्पको रुपमा बाराको निजगढ विमानस्थाल बनाउने गरी चासो देखाएको छ । निजगढमा विमानस्थल बनाउने क्षेत्रलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थल घोषणा गरी तारबार गर्ने निर्णय गरेको मन्त्री आचार्यले जानकारी दिए ।
-