रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको जलसैन्यलाई तयारी अवस्थामा तथा सतर्क रहन निर्देशन दिएका छन् ।
उनले रसियाली उत्तरी क्षेत्रीय जल सैनिकलाई सो आदेश दिएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा उनले सोमबार सैनिक अभ्यासका लागि सो अवस्थामा रहन सैनिकलाई सो निर्देशन दिएका हुन् ।
सो कुराको जानकारी रसियाका रक्षामन्त्री सेर्गेई सोइगुले दिएको रसियाली सञ्चारमाध्यमले जनाएका छन् ।
केही दिन अघि मात्र भ्लादिमिर पुटिनको निधन भएको हल्लाले रुसका सञ्चार माध्यममा हंगामा भएको समाचार सार्वजनिक भएको थियो ।