जिल्ला बाल कल्याण समितिले दिएको सूचनाका आधारमा प्रहरीले विवाह घरमै पुगेर बिहे रोकेको हो । राम्चे–५ इटनीकी १७ वर्षीया नानीमाया तामाङसँग फुल्पिङडाँडा गाविसका १६ वर्षिय तीर्थ तामाङको विवाह रोकेको प्रहरी निरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । विवाह भइनसकेकाले कसैलाई पनि कारबाही नगरेको मुकारुङको भनाइ छ ।
विवाह हुन लागेको सूचना बेलैमा पाएकाले बेहुला र जन्तीलाई सम्झाइ–बुझाई फर्काएको उनले बताए । विवाह रोक्न लामोसाँघुस्थित प्रहरी पनि विवाह घर पुगेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।