अनुसन्धानका क्रममा अमेरिका र जापानका अनुसन्धानकर्ताले कालो चियालाई प्रयोगशालामा अनुसन्धान गरेका थिए । चियामा प्रशस्त मात्रामा पाइने पोलिफेनाइल्स र एन्टिअक्सिडेन्टले कार्बोहाइड्रेटलाई पचाई ब्लड सुगर बनाउने इन्जाइमलाई रोक्न मद्दत गर्ने पाइएको थियो । यही तथ्यको मद्दतले कालो चियाले ग्लुकोजको लेभललाई घटाउन मद्दत गर्ने निष्कर्ष निकालिएको थियो । यो अध्ययन फ्रन्टाइर्स अफ न्युट्रिसन नामक जर्नलमा प्रकाशित गरिएको छ । यस्तै खालको अर्को जापानमा गरिएको अनुसन्धानले कालो चियाले दुईवटा इन्जाइममा प्रभाव पार्ने पत्ता लागेको थियो । यो अनुसन्धानबारे भने होक्काइदो फर्मास्युटिकल युनिभर्सिटी स्कुल अफ फार्मेसीको जर्नल अफ इथ्नोमाफार्मोकोलोजीमा प्रकाशित गरिएको छ । एक तथ्यांकअनुसार ८० प्रतिशत बेलायतीहरु चिया पिउछन् । वेलायतीहरुले दैनिक १६ करोड ५० लाख कप चिया पिउने गर्छन् । डेलीमेलबाट
‘दैनिक तीन कप चिया पिउनुस्, डाइबेटिज भगाउनुस्’