Tuesday, March 3, 2015

शाहरुख, सलमान र आमिर खानको फिल्म नहेर

एजेन्सी ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाकी एक नेतृले बलिउडका तीन सेलिब्रेटी शाहरुख, सलमान र आमिर खानको फिल्म नहेर्न सल्लाह दिएकी छिन ।

देहरादुनको एक कार्यक्रममा बोल्दै सत्तारुढ दलकी नेतृ साध्वी प्राचीले यस्तो सल्लाह दिएपछि भारतभरी हंगामा भएको छ ।

विश्व हिन्दु परिषदको बैठकमा बोल्दै उनले तीन खानको फिल्म बहिस्कार गर्न आग्रह गरेको विषय प्रधानमन्त्री मोदी सम्म पुगिसकेको छ ।


प्रेमको विषयमा तीन खानले वालवालिकालाई गलत कुरा सिकाइरहेका कारण उनीहरुको बहिस्कार गर्नु पर्ने उनको भनाइ थियो । यद्यपी भारतीय जनता पार्टीले भने यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस