Tuesday, March 10, 2015

रौतहटमा आगलागी, ८ घर जलेर नष्ट, लाखौँको क्षति

रौतहट, २६ फागुन– रौतहटमा मंगलबार आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् ।



 रौतहटको गंगापिप्रा गाविस–९ मा दिउँसो १२ बजे स्थानीय जोगेन्द्र पासवानको घरबाट सल्कीएको आगोले अन्य आठ घरसमेत जलेका हुन् ।

 आगलागीमा झण्डै १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।


खाना पकाएर बाहिर राखेको खरानीबाट आगो सल्कीएको बताइएको छ।


हावा तिव्र गतिमा चलेका कारण आगो चाँडै फैलिएकोले आगोलाई नियन्त्रण गर्न नसकिएको स्थानीय बताउछन् ।

गौर नगरपालिकाको वारुण यन्त्रको सहयोगमा झण्डै एक घण्टा पछि आगो निभाइएको जनाइएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस