Monday, March 2, 2015

फेसबुकमा ‘आई लव यु’ लेख्दा बिहे होला नि !

सारा जगत सामू आफ्नो प्रेम व्यक्त गर्नु नराम्रो कुरा होइन, तर, भ्यालेन्टाइन डेमा यसो गर्नु तपाईका लागि महंगो सावित हुन सक्छ । र, सामाजिक सञ्जालमा मात्र (‘I LOVE U’) लेखेको भरमा तपाईको विवाह पनि हुनेछ ।
यसो हामी भनिरहेका छैनौं भारतमा हिन्दू अतिवादीहरुले यसो गर्न लागेका हुन् । हिन्दू महासभाका कार्यकर्ताहरुले सार्वजनिक स्थलमा प्रेम व्यक्त गर्नेहरुलाई समातेर विवाह गरिदिने बताएका हुन् । महासभाका अनुसार १४ फेब्रुअरीका दिन यदि कसैले सार्वजनिक रुपमा प्रेम व्यक्त गरेको खण्डमा उनीहरुको विवाह गराइनेछ ।
त्यति मात्र होइन, यदि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, व्हाट्सएपजस्ता कुनै पनि माध्यममा प्रेम प्रस्ताव देखिए त्यस्ता जोडीलाई विवाह गराइनेछ ।
भारतको अंग्रेजी पत्रिका टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार हिन्दू महासभाका पदाधिकारीहरुले संगठनका कार्यकर्ताहरुले १४ फेब्रुअरीका दिन सामाजिक सञ्जालमा नजर राख्ने बताएका छन् ।
यदि कसैले आई लभ यु पोष्ट गरेको खण्डमा त्यस्ता जोडीलाई खोजी गरेर विवाह गराइनेछ । महासभाले यसका लागि विभिन्न सहरमा विभिन्न अलगअलग टिम बनाए परिचालन गरेको दावीसमेत गरेको छ।
स्मरणरहोस भ्यालेन्टाइनका अवसरमा जारी गरिएको यो पहिलो फरमान भने होइन, यसअघि पनि बजरंग दलले विभिन्न पार्क, मल, पब्लिक क्षेत्रमा पण्डित नै लिएर जाने र त्यस्ता जोडीलाई सिन्दुर र मंगलसूत्रका साथ विवाह गराइदिने चेतावनी दिएको थियो  । एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस