Wednesday, March 4, 2015

त्रिभूवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान साँझ ५ बजेसम्म रोक

काठमाडौं, फाल्गुन २० - टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएपछि बुधबार साँझ ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ ।

टर्कीको इस्तानबुलबाट काठमाडौं आएका टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएपछि अन्तर्राष्ट्रिय उडान तथा अवतरणमा रोक लगाइएको विमानस्थल स्रोतले जनाएको छ ।

बुधबार बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान रन वेबाट चिप्लिएको हो । यात्रु सकुशल रहे ।

बिहान ११ बजेपछि काठमाडौंमा कुहिरो हटेको छ । कुहिरो हटेपछि आन्तरिक उडान भने खुला गरिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस