नेकपा एमालेले ठूलो दल भएर पनि नेपाली काग्रेसले संविधान निमार्णमा उपयुक्त भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको छ । आज बसेको स्थायी कमिटि बैठकले सरकारको नेतृत्व गरिरहेको काग्रेसले एकीकृत माओावादी लगायत दललाई सहमतिमा ल्याई ल्याउन पनि नसकेको र संविधान निर्माणको प्रकृया पनि अघि बढाउन नसकेको भन्दै कांग्रेसको आलोचना गरेको हो ।
संविधान निमार्णमा भूमिका खेल्न छाडेर काग्रेसले आलटाल गरिरहेको छ, एमाले सचिब पृथ्बी सुब्बा गुरुङले भने – यस्तै हो भने काग्रेससंगको सम्बन्ध अब तोडिन सक्छ । माओवादीलाई बार्तामा बोलाई सहमतिको वातावरण बनाउन जति प्रभाबकारी भूमिका कांग्रेसले खेल्नुपर्ने हो त्यति नखेलेको र बिगतका सहमतिहरु पनि कार्यान्वयन नगरेको एमालेको ठहर छ । संबिधान निमार्णको वातावरण बिग्रदो छ, यस्तो बेला कांग्रेसको भूमिका प्रभाबकारी भएन भने उसंग सहकार्य गर्नुको कुनै अर्थ रहदैन, सचिव गुरुङले भने ।
अर्का सचिव प्रदिप ज्ञवालीले २० दिनसम्म पनि संविधानसभाको बैठक पनि नभएको वार्ता गर्न प्रधानमन्त्री पनि सफल नभएको बताएका छन् । उनले भने यसबारे कांग्रेससँग भोलि गम्भीर छलफल हुन्छ । यसलाई लामोसमयसम्म अन्यौलमा राख्न सकिन्न । कांग्रेसले संस्थागत ढंगले सहमतिमा संविधान बनाउने भनेको छ, त्यो सम्भावना कति छ, हामीलाई चित्त बुझ्दो जवाफ दिनुपर्छ ।
विपक्षी मोर्चाको रवैया र विषयमा पनि लचकता नदेखाउँदा सहमतिमा संविधान बन्छ भन्ने सम्भावना कमजोर भएको छ । अव त सभामुखलाई पनि जवाफ दिनु पर्छ । के कांग्रेस प्रतिपक्षले भने जस्तै प्रस्ताव समिति खारेज गर्न र सहमति विना संविधान बन्दै बन्दैन भनेर ल्याप्चे लगाउन तयार भएको हो ? कांग्रेसले त्यसको पनि जवाफ दिनु पर्छ । कांग्रेससँग विकल्प के छ ? त्यो पनि जानकारी गराउनु पर्छ ।
हिजो बालुवाटारमा भएको छलफलमा पनि कुरा भएको छ, संविधान बनाउन भनेर सरकारमा गएका हौं । हाम्रो महाधिवशेन आयो भनेर कांग्रेस त्यतै लाग्ने हो भने हाम्रा मन्त्री झण्डा हल्लाउन मात्र सरकारमा बस्दैनन् । प्रकृयामा नगएर हामी सरकारबाट बाहिरिन पनि सक्छौं ।