आश्चर्यलाग्दो कुरा यो छ कि उक्त बन्धक बनाइएको युवकलाई गोली हान्नेवाली एक १० वर्षीया बालिका रहेकी छन् ।
आइएसले पक्राउमा परेको इजरायली युवा गुप्तचर भएको र पछिल्लो समयमा सिरियामा पक्राउ परेको बताएको छ । युवकका परिवारका अनुसार ऊ त्यहाँ घुम्न गएको थियो ।
आतंककारी संगठनले मुहम्मद मुसलमान नामक बन्धकको इजरायलका लागि जासुस गर्न आएको बताएको छ ।
१३ मिनेट लामो उक्त भिडियो अनलाइमा राखिएको छ । उक्त भिडियोमा युववकको मुख पुरै छोपिएको छ र कमाण्डरको आदेशमा ती बालिकाले पछिबाट आएर गोली हानेको देखाइएको छ ।