नेपाली टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘भद्रगोल’र ‘जिरे खुर्सानी’ रोकिएको छ ।
यो शोलाई प्रशारण गर्दै आएको वल्र्ड भिजन एड्भर्टाइजिङका कारण ‘भद्रगोल’सँगै लामो समयदेखि प्रशारण हुँदै आएको ‘जिरे खुर्सानी’ पनि रोकिएको हो ।
‘भद्रगोल’का निर्देशक शंकर आचार्यले आफूहरुले छायांकन गरिरहेको बताए । तर, आफूले सुने अनुसार अझै ४ हप्ता यो सिरियल प्रशारण नहुने उनले बताए ।
नेपाल टेलिभिजन र वल्र्ड भिजनको टेन्डर विवादका कारण ‘जिरे खुर्सानी र भद्रगोल’ रोकिएको वुझिएको छ ।
शंकरले नयाँ टेण्डर खोल्ने तयारी नेपाल टेलिभिजनले गरिरहेको जानकारी दिएका छन् । उनी अहिले प्रहरीको हिरासतमा रहेको वुझिन्छ ।
वल्र्ड भिजनका मालिक दिनेश श्रेष्ठले सिद्धार्थ बैंकमा राखेको ५ करोड ८६ लाख बराबरको धितो रकम नक्कली परेपछि यसको प्रत्यक्ष असर चर्चित हाँस्य सिरियलहरुमा परेको छ ।
मिडिया हबसँगको रकम लफडाका कारण केही महिना अघि चर्चित हाँस्य सिरियलहरु ‘तितो सत्य र मेरी बास्सै’ पनि रोकिएका थिए ।