Sunday, February 15, 2015

नेपाली युवती बलात्कारपछि हत्या गर्ने भारतीयद्वारा आत्महत्या

काठमाण्डु, ३ फागुन– नेपाली युवती बलात्कारमा संलग्न एक भारतीय अभियुक्तले आत्महत्या गरेका छन् ।
सोमवीर नाम गरेका अभियुक्तले आत्महत्या गरेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ । बलात्कारीले आत्मग्लानी महसुस गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
भारतको हरियाणा राज्यस्थित रोहतक जिल्लामा २८ वर्षीया नेपाली महिलाको सामूहिक बलात्कारपति हत्या भएको थियो ।
एक नेपालीसहित ९ जनाको समूहले गत १ फेब्रुअरीमा युवतीलाई तीन घण्टासम्म लगातार बलात्कार गरेर हत्या गरेका थिए ।
बलात्कारपछि घटना बाहिर आउने डरले उनीहरुले बहुअकवरपुर नजिकै ढुंगाले किचेर युवतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
बेहोस हुँदासम्म युवतीमाथि बलात्कार भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
महिलाको योनीमा कण्डमसमेत फेला परेको पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न सन्तोष नाम गरेका एक नेपालीसहित आठ भारतीयलाई पक्राउ गरेको थियो ।


तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस