Friday, February 27, 2015

स्वाइन फ्लुबाट संक्रमित भएका ३ जना बेस्सरी थलिए

१५ फाल्गुन, काठमाडौं।

स्वाइन फलु संक्रमणले थलिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या बिहीबार तिन जना पुगेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिका अनुसार हाल राजधानीमा दुई र भरतपुरमा एक जना अस्पतालमा भर्ना छन ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन परिक्षण गराउन आउनेहरुको संख्या बढदो रहेको अस्पतालका डा.राजेश साहले बताए । विहिवार समेत समेत भ्रमण इतिहास नभएका राजधानीको केहि व्यक्तिमा स्वाइन फ्लु देखिएको उल्लेख गर्दे डा.साहले अनुसार संक्रमितलाइ परिक्षण पछि टैमी फलु औषधि दिएर पठाइएको बताए ।

हालको स्थितिमा मधुमेह, मुटू, कलेजो, स्नायु सहित दमका रोगी, बुढापाका, पाच वर्ष मुनीका वालवालिका, गर्भवतीहरुलाई स्वाइनको सम्भावित संक्रमण वाट आफूलाई जोगाउनु पर्ने डा.साह बताए ।

उनले मृगौला लगायत अंग प्रत्यारोपपण गराएकाहरुको साथै एचआईभी/एडस भएका वा रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई समेत  स्वाइन संक्रमण वाट वाच्ने सल्लाह दिए । अाजको कान्तिपुर दैनिकमा  खबर  छ ।



तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस