- थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सक्नुहुन्छ ।
- टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ ।
- यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ ।
- मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।
- यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगविषहरुबाट छुटकारा दिन्छ ।
- कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ ।
स्रोतः रातोपाटी