Sunday, February 15, 2015

फेरि आतंक पथमा प्रचण्ड

आइतबार, फाल्गुण ३,
आफ्ना स्वार्थ पुरा नहुने देखेपछि एमाओवादी अध्यक्ष प्रचण्ड शान्तिप्रक्रिया, विस्तृत शान्तिसम्झौता, बाह्रबुँदे समझदारी र लोकतान्त्रिक मूल्यमान्यतालाई खुलेआम तोड्ने मनस्थितिमा पुगेका छन । संविधान सभा आफ्नो अनुकलमा नभएको र जनताले साथ नदिएको कारण उनी हाल विक्षिप्त भएको संकेत पाइन्छ ।

दश वर्षसम्म तथाकथित जनयुद्ध गरी करिव १७ हजारको हत्या, विध्वंश गर्दा सफल नभएको तथ्य हुँदाहुँदै उनले आफ्ना विगतका सम्झौता, प्रतिज्ञा र प्रतिवद्धतालाई तोड्दै १० लाख सेना तयार पार्ने घोषणामात्र होइन, अन्तर्राष्ट्रिय समुदायको सुझाव विपरित समानान्तर सरकार गठन, छुट्टै संविधान सभाको बैठक ठाक्नेसम्मका धम्की दिन थालेका छन ।

यसले उनी फेरि कतै आतंककै बाटोमा लाग्न थालेका त होइनन् भन्ने अशंकासमेत पैदा भएको छ । आतंक र अराजकता सिर्जना गर्न ठूलो संगठन र धेरै मानिस चाहिँदैन । मुठ्ठीभर व्यक्तिले पनि आतंक सिर्जना गर्न सकिन्छ भन्ने प्रचण्डकै अनुभव छ । तथाकथित जनयुद्धमा लाग्ने निर्णय गर्दा उनीसित जम्मा एक दर्जनमात्र कार्यकर्ता, केही लठ्ठी र दुई वटा बन्दुक मात्रै थिए ।

अहिले प्रचण्ड केही मुठ्ठी मानिसको बलमा आतंकको बाटोमा हिँड्ने प्रयत्न त गर्दै छैनन भन्ने उनका अभिव्यक्ति र गतिविधिले संकेत गरेको समाचार आइतबार देशान्तर साप्ताहिकले छापेको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस