सानै उमेरमा फिल्म निर्माण गरेको भन्दै गिनिज बुकले उनलाई ‘योङगेस्ट फिल्म डाईरेक्टर‘को उपाधि दिएको हो ।उनले निर्माण गरेको फिल्म लभ यु बाबा रिलिज हुदा उनको उमेर जम्मा ७ वर्ष ३ सय ४० दिन थियो ।लभ यु बाबा १२ डिसेम्बर २०१४ मा रिलिज भएको थियो |ब्यबसायिक फिल्म निर्माण गर्ने कान्छा निर्देशकको रुपमा उनि अब विश्वसामु परिचित हुनेछन |
सौगात भन्दा अघि भारतीय एक बालकले यो उपाधि पाएका थिए उनको उपाधि तोड्दै उनि सबै भन्दा कान्छा निर्देशक भएका हुन् |उनि नायक गजित बिष्टको छोरा हुन् |गिनिज बुकमा नाम लेखियेपनी सौगातको परिवारले अहिले केहि बोलेको छैन सबै कुरा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन |