१. व्यायामः खानामा हामी जतिसुकै कटौती गरेपनि बिना व्यायाम हामी आफ्नो तौल कम गर्न असमर्थ हुन्छौँ । व्यायामले शारिरको शक्ति बढाउँदछ र रक्त संचार पनि राम्रो बनाउने गर्दछ । दैनिक कम्तीमा आधा घण्टा तपाईंले व्यायाम गर्नुपर्ने हुन्छ । यसले तपाईं सजिलैसँग तौल घटाउन सक्नुहुन्छ भने तपाईं दिनभरी चुस्त–दुरुस्त रहन मद्दत गर्दछ । बिहान अथवा बेलुकीको खाना खाइसकेपछि अवश्य पनि टहल्नुहोस् । यसले तपाईंको खाना चाँडै नै पच्ने गर्दछ र एक्स्ट्रा क्यालोरी पनि बर्न गर्न मद्दत गर्दछ ।
२. आफ्नो खानपीनको हिसाब राख्नुहोस्ः आफ्नो खानपीनको हिसाब जरुर राख्नुहोस् । एउटा डायरी बनाउनुहोस् र त्यसमा आफूले दिनभरी खाएको खानेकुराको लिष्ट बनाउनुहोस् ।
३. बिहानको नाश्ता जरुर खानुहोस्ः यदि तपाईं मोटाउन चाहनुहुन्न भने बिहानको नाश्ता पक्कै खानुहोस् । नाश्तामा प्रोटिनयुक्त खाद्य पदार्थ खानुहोस्, यसले तपाईंको शरिरलाई ताकत मिल्नुका साथै तौल पनि घट्दछ । ४.
बेलुकीको खाना चाँडै खानुहोस्ः बेलुकीको खाना सकेसम्म चाँडै नै खानुहोस् । यसो गर्नाले यसलाई पच्नको लागि समय मिल्ने गर्दछ । सुत्नुभन्दा दुई घण्टा अघि रातीको खाना खानुहोस् ।
५. भोको पेट घरबाट ननिस्कनुहोस्ः दिनमा हाम्रो शरिर उर्जाले भरिएको हुन्छ त्यसकारण त्यो उर्जालाई कायम राख्नका लागि घरबाट खाना खाएर नै निस्कनुहोस् ।
६. निकै पानी पिउनुहोस्ः पानी एउटा यस्तो तत्व हो जुन तौल घटाउनमा निकै लाभदायक साबित हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रालाई नियन्त्रण राख्न मद्दत गर्दछ । ७. फलफूल खानुहोस्ः जुस पिउनुको सट्टा फलफूल नै खानुहोस् । फलफूलले तपाईंको भोक पनि कम गर्दछ । (एजेन्सी)