अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन् । तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ । बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्
२. ताजा दूध नै पिउनुस्
शहरका बासिन्दा प्याकेटको दूध पिउछन् । तर, प्याकेटवाला दूध न ताजा हुन्छ, न जैबिक नै । ताजा्, जैविक र हर्मोन नमिसाइएको दूध सबैभन्दा राम्रो हुन्छ । त्यसैले सकेसम्म प्याकेटवाला दूध नपिएकै राम्रो ।
३. काँचो दूध नपिउनुस्
केही मानिसहरु काँचै दूध पनि पिउँछन् । तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैंन । आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ । दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ ।
४. दूधमा ल्वाङ वा अलैंची मिसाउनुुस्
जसलाई दूध नपच्ने समस्या छ, उनीहरुका लागि अर्को तरिका पनि छ । दूधमा एक चिम्टी अदुवा, ल्वाङ, अलैंची, केसर, दालचिनी या जाइफल मिसाउनाले पेटमा अतिरिक्त गर्मी बढ्छ, जसको मद्दतबाट दूध सजिलै पच्छ पनि ।
५. दूध र केसर मिसाएर खाँदा राम्रो
यदि कुनै अवस्थामा रातिको खाना खाइएको छैन भने एक चिम्टी जाइफल या केसर हालेर पिउनुस् । यसबाट निद्रा पनि राम्रोसंग पर्छ र शरीरलाइ ऊर्जा पनि प्राप्त हुन्छ ।
६. नुनिलो चिज तथा माछासंगै दूध पिउनुहुन्न
आयुर्वेदका अनुसार कुनै पनि प्रकारको नुनिलो चिजका साथ दूध पिउनुहुन्न । क्रिम सुप या चिजसंगै दूध नखानुस् । यस्तै, दूधका साथ अमिलो फल तथा माछाका साथ खानुहुन्न । दूध र माछाको सेवनले छालामा समस्या आउने आयुर्वेदको मान्यता छ । अमिलो चिज र दूध एकसाथ खानाले शरीरमा रियाक्सन हुन्छ ।
(अनूदित सामग्री)
-स्वास्थ्य खबरपत्रिका बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :