युवतीले उसँगको प्रेम सम्बन्ध तोडेपछि यस्तो हर्कत गरेको बताएकी हुन् । ती युवतीले प्रेमी अपराधी भएको थाहा पाएपछि सम्बन्ध तोडेकी थिईन् । यसबाट हैरानीमा परेकी उनले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीपछि आरोपी आसिफ अनवरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानका क्रममा उनीहरुबीच एक होटलमा यौन सम्बन्ध भएको र
सोही भिडियो मोबाइलमा लिएर युवक हिडिरहेको पत्ता लागेको छ । दुईवर्षअघि साथी भएका उनीहरुबीच पछि प्रेम सम्बन्ध भएको थियो । प्रेम सम्बन्ध टुटेपछि युवकले सम्बन्ध जारी नराखे भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए । युवतीसँग उनले ५० हजार रुपैया लिएर उनकै नामको फर्जी फेसबुक एकाउन्ट खोलेर भिडियो अपलोड गरिदिएका थिए ।source:taja khabar