तर मसाज छालाको अवस्था अनुसार गर्नुपर्छ । चिल्लो छालाको लागि चामलको पिठामो थोरै मात्रामा मिल्क पाउडर पानी मिसाएर ३ देखि ५ मिनेट सम्म मसाज गर्नुपर्छ । सुख्खा छालाको लागि तोरीको गेडालाई पिनी त्यसको एक भाग जती चामलको पिठो र आधा भाग बेसारमा मोस्चराइजर क्रिम मिसाएर मसाज गर्दा फेसमा चमक आउछ र दागहरु पनि हराउँछ । एलर्जि आउने सेन्सेटिभ छाला भएकाले फेस मसाज गर्नुहुदैन । तर फेसमा एकदमै काला दागहरु आएका छन् भने महमा कागतीको रस मिसायर मसाज गर्दा फेसमा चमक आउछ र दाग पनि हट्छ । सामान्य छाला भएकाले पनि मह र कागतीको लेपले मसाज गर्न सकिन्छ । फेस मसाज महिनामा चारपटक गर्र्नुपर्छ । मसाज एकदमै पिम्पल वा घाउ भएको अवस्था वा एलर्जी भएको समयमा गर्नु हु‘दैन ।
बनाउने तरिका
बिभिन्न प्रकारका मसाज सामाग्री बनाउन सकिन्छ । जस्तै तोरी, गहु‘, मह, चामल, फलफूलबाट र गहु‘को टुक्राबाट तयार पार्न सकिन्छ ।
फाइदा
– क्लिन्जीङले नआएको फोहोरहरु, मृतक कोषहरु, वातावरणबाट रोम छिद्रामा परेको कालो दाग निकाल्न सकिन्छ ।
– अनुहारको छालामा रहेका कोषिकाहरुलाई पुनर्जिवन दिने काम गर्छ ।
– छालालाई सन्तुलनमा राखि सुन्दर देखाउ‘छ ।
– धेरै मात्रामा सन बर्न हटाउने काम गर्छ ।
-