’बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बेंट’ भने जस्तै बुझ्नेहरुका लागि अर्थात भनौं स्वास्थ प्रति सजग रहनेहरुका लागि आफ्नो खुट्टा पनि अनुहार जस्तै सुकोमल राख्ने रहर हुन्छ । तर, कतिपयले खुट्टाको हेरचाहमा लापरवाही गरेको प्रशस्त देख्न सकिन्छ । खुट्टा रुखो भएको बेला वा लुतोले धेरै दुख दिएको बखत सजगता अपनाउनु पर्ने हुन्छ । फुटेकोे कुरकुच्चाले खुट्टाको स्वरुप बिगार्ने मात्र होइन, यसले तपाईको मनोवलमा समेत गिरावट ल्याउन सक्छ । यी समस्याहरु पछि गएर बिकराल रुप समेत लिन सक्छ ।
पुरानो हिन्दी चलचित्र पाकिजामा एउटा मनखाने संवाद छ, ’तपाईको खुट्टा अति सन्दर छ, यसलाई भूईमा नराख्नुस्, मैलिन सक्छ’ । तर, हामी प्रायजसो आफ्नो खुट्टाको सरसफाई तथा रेखदेख प्रति सजगता अपनाउँदैनौं । जसकारण कुरकुच्चा फुट्ने र संक्रमणले ग्रस्त हुन्छौं । तर, तपाई वा तपाईको परिवारमा कोही फुटेको कुरकुच्चाका कारण तनावमा हुनुहुन्छ भने तल दिइएको उपाय अपनाउनुहोस् र समस्याबाट छुट्कारा पाउनुहोस् ।
फुटेको कुरकुच्चाबाट छुटकारा पाउने अद्भूत उपाय
१. आफ्नो खुट्टालाई आवश्यक अनुसारको नरम बनाई राख्नुहोस् । ब्रान्डेड मश्चराइजरको लेप लगाएर सुतीको मोजाको प्रयोग गर्नुहोस् । यसले खुट्टालाई नरम बनाई राख्छ । वनस्पति तेलको प्रयोग पनि खुट्टा नरम बनाईराख्न लाभ दायक हुन्छ ।
२. जुत्ता जहिले पनि आरामदायक लगाउनुहोस् । जुत्ता कसिएको वा खुकुलो नभइ ठिक्कको हुनुपर्छ । कसिएको जुत्ताको प्रयोगले खुट्टामा थप दर्द दिन सक्छ ।
३. खुट्टा धोइपखाली गर्दा जहिले पनि एंटी-सेप्टिक युक्त साबुनको प्रयोग गर्नुहोस् । यसले तपाईको खुख्खा खुट्टालाई आराम पुर्याउनुका साथै खुट्टालाई कीटाणुबाट बचाई राख्न मद्धत पुर्याउँछ ।
४. फुटेको कुरकुच्चा वरिपरिको मृत छाला हटाउनका लागि प्युमस स्टोनको प्रयोग गर्न सक्नु हुन्छ । यसले खराव छालालाई हटाउन मद्धत पुर्याउँछ । तर यो ढुंगाले छाला रगडिदा हलुका प्रकारले घस्नुपर्छ । तत्र पीडा हुन सक्छ ।
५. कागति काटेर खुट्टामा प्रयोग गर्नाले खुट्टालाई नरम बनाउन मद्धत गर्छ । हप्तामा कमसेकम एक पटक कागतिले आफ्नो खुट्टालाई सफा गर्ने गर्नुहोस् । मन तातोपानीमा नुन मिसाएर खुट्टा सफा गर्नाले पनि खुट्टालाई नरम बनाईराख्न मद्धत पुर्याउँछ ।
६. खुट्टालाई भिजाएर नराख्नुहोस् । भिजेको खुट्टालाई सुखाएर, लोशनको प्रयोग गर्नुहोस् । यसले तपाईको खुट्टालाई नरम बनाई राख्छ ।
७. प्रत्येक दिन कम्तिमापनि आठ देखि दस गिलास पानी पिउने बानी बसाल्नुहोस् । पानीको उपयुक्त मात्राले फुटेको कुरकुच्चामा नरमता प्रदान गरिराख्न मद्धत पुर्याउँछ ।
८. सुखेको छाला कैंचीले काट्नु हुँदैन । यसले छालामा संक्रमण हुने संभावना धेरै हुन्छ ।