Saturday, February 21, 2015

ओहो ! यस्तो रहेछ शाहरुखको सफलताको रहस्य

नयाँ दिल्ली, फागुन ९ – बलिउडका बादशाह भनिने शाहरुख खान यत्तिकै सफलताको शिखरमा पुग्न सफल भएका होइनन् । यसका लागि शाहरुखले दिन र रातलाई एक गर्दै मेहनत गरेका छन् । आजकाल पनि शाहरुख निकै व्यस्त दैनिकीमा बाँचिरहेका छन् ।
शाहरुख काममा निकै व्यस्त छन् तर उनलाई आफ्नो यस्तै दैनिकी मनपर्छ । शाहरुखले आफैँ भनेका छन् कि उनी ‘नो पेन नो गेन’ को सूत्रमा विश्वास गर्ने गर्दछन् ।   शाहरुखले एक ट्विटमा लेखेका छन्, ‘फ्यान’ फिल्मको सेटमा व्यस्तताले भरिएको दिन रह्यो । अब मैले टेलिभिजन सो ‘…सबसे शाणा कौन’ को शुटिङको लागि फिर्ता जानुपर्ने हुन्छ । व्यस्तताले भरिएको दिन र रात तर नो पेन नो गेन…त्यसकारण म लागातार चलायमान छु ।’ बलिउडका थुप्रै निर्देशकले पनि शाहरुखको मेहनत र समयको महत्वबारे जानकारीको विषयमा निकै तारिफ गरेका छन् ।   यो वर्ष शाहरुखको फिल्म फ्यान रिलिज हुने भएको छ जसको विषयमा शाहरुख निकै उत्साहित छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस