सस्तोमा पाइयो भनेर सेकेन्डह्यान्ड किन्दै हुनुहुन्छ भने साबधान ! तपाईं प्रहरी फन्दामा पर्न सक्नुहुन्छ । प्रायः चोरी गरिएका मोबाइलहरु सस्तोमा बिक्री र खरिद गर्नेलाई समेत प्रहरीले पक्राउ गर्दै आएको छ ।
महँगा मोबाइल बोक्ने चलन बढेसँगै मोबाइल चोरीका अपराध पनि बढ्दै छन् । हराएका र चोरी भएका मोबाइलका खोजी नेपाल प्रहरीको नयाँ काम भएको छ ।
हरेक दिन पाँचदेखि १० जना मोबाइल हराएको निवेदन लिएर खोजीका लागि आउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी दिनेश आचार्य बताउँछन् । अनुसन्धानका लागि आएका निवेदनमध्ये आधाजसो मोबाइल प्रहरीले भेट्टाएर दिने गरेको छ ।
महँगा मोबाइल बोक्नेहरु बढ्दै गएकाले मोबाइल हराएको तथा चोरीएका घटनामा उजुरी बढ्न थालेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।