Friday, February 20, 2015

अर्कैसँग लागेको भन्दै श्रीमान्ले श्रीमतीलाई नांगै गाउँ घुमाए

शुक्रबार, फाल्गुण ८,
श्रीमानहरू कति क्रुर हुन्छन् भन्ने कुराको दृष्टान्त बनेका छन् छिमेकी मुलुक भारतका एक व्यक्ति ।

आफ्नी श्रीमती अर्कासँग लागेको भन्दै ती व्यक्तिले श्रीमतीलाई नांगै गाऊँ घुमाएका छन् ।

यो घटना गएको आइबार हो ।  उनले आफ्नी श्रीमतीलाई नांगै बनाएर पुरै गाऊँ घुमाए त्यति गर्दा पनि रिस नमरेपछि फेरि घरमा मरणासन्न हुने गरी कुटपिट गरेका छन् । परपुरुषसँग सम्बन्ध राखेको भन्दै उनले यस्तो घिन लाग्दो काम गरेका हुन् । आफ्नै श्रीमती नांगै गाउ घुमाने ती पुरुष भारतको छत्तिसगढ स्थित जशपुर गाउँका थिए ।

नाम नखुलाइएका ती पुरुषले आफ्नी श्रीमतीलाई निर्वस्त्र गाउँ घुमाएपछि घरमा ल्याई मारपिट समेत गरेका थिए । श्रीमतीलाई निर्वस्त्र पारेर गाउँ घुमाउने तथा मारपिट गर्ने ती पुरुषलाई पक्राउ गरी हिरासतमा राखिएको छ । आफ्नी श्रीमतीले गल्ती गरेको हो कि हैन भन्ने कुरामा भन्दा पनि अरुको कुरामा लागेर उनले यस्तो व्यवहार देखाएका उनको परिवारका सदस्यहरुले बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस