Monday, February 23, 2015

यसरी हुँदैछ उर्जाबारीमा यौन व्यापार

उर्लाबारी (मोरङ), ११ फागुन । होटल तथा लजहरूलाई सुधार गरेर लैजान होटल व्यवसायी संघले विभिन्न नीति नियमहरू ल्याएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । बसोबासका लागि खोलिएका सेवामूलक व्यवसाय होटल तथा लजहरू सामाजिक विकृति फैलने यौनजन्य क्रियाकलाप, अपराधको योजना स्थल तथा अपराधि लुक्ने सुरक्षित स्थान बनेका छन् ।
‘जो अगुवा उही बाटो …….
’ भनेझैं विभिन्न छलफल तथा अन्तरक्रियाहरूमा होटल तथा लज सञ्चालकहरूको प्रतिनिधित्व गर्दै प्रतिबद्धता जनाउने अगुवाले नै संघको नीति नियमका साथै सामाजिक मर्यादा उल्लंघन गर्ने गरेको पाइएको छ । विगतमा आफ्नो कार्यक्षेत्रका होटलमा ‘बाख्राको मासु र कुनै किसिमका यौनजन्य क्रियाकलप नहुने’ ठोकुवा होटल तथा पेय पदार्थ व्यवसायी संघका क्षेत्रीय अध्यक्ष मनोहरि दाहालले गरेका थिए । तर, गत बिहीबार उनकै कार्यक्षेत्र उर्लाबारीका होटल र लजबाट आपत्तिजनक अवस्थामा यौन जोडीलाई प्रहरीले पक्राउ ग¥यो । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचना आधारमा छापा मारी ३ जोडीलाई पक्राउ गरेको हो । दाहालले सञ्चालन गर्दै आएको कञ्चनजंघा होटल एण्ड लजबाट एक जोडी, सगरमाथा होटलबाट १ जोडी र सगुन होटलबाट १ जोडी प्रहरी कै क्षेत्रबाट तीन जोडीलाई प्रहरीले पक्राउ ग¥यो । मध्यान्ह १२ बजे होटलमा छापा मार्न प्रहरी टोली कञ्चनजंघा होटल एण्ड लजमा पुगेको सुइको पाएपछि अनैतिक क्रियाकलापमा संलग्न एक युवा दुई तलामाथि बाटै हामफालेर भाग्न खाजेका थिए । यता, उर्लाबारीका केही होटलमा दिउँसै जोडीहरू रूम बुक गरेर बस्ने गरेको समेत स्थानीय एकले नाम नबताउने सर्तमा बताए । यसरी दिउँसो जोडीहरू आउँदा प्रहरीले पनि छापा नमार्ने र रूम चार्ज पनि दोब्बर लिने गरेको उनको भनाइ छ ।
उता केही साताअघि उर्लाबारी–४ स्थित रिजन होटलमा आपराधिक क्रियाकलापमा संलग्न राजघाट–६ का किरण लिम्बू पक्राउ परेका थिए । उक्त होटलमा उनी १० दिनदेखि दुई युवतीका साथ बस्दै आएका थिए । यसरी उर्लाबारीका होटल र लजमा सामाजिक विकृति फैलने यौनजन्य क्रियाकलाप, अपराधको योजना स्थल तथा अपराधि लुक्ने सुरक्षित स्थान बनेको भन्दै स्थानीयवासी आक्रोशित छन् । यस्तै, होटल तथा लजलाई व्यवसायिक रूपमा मर्यादित बनाउन र सामाजिक मर्यादा उल्लंघन गर्ने होटलहरूलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको उर्लाबारीका बुद्धिजीविहरूको ठहर छ । होटलमा बसेर अपराधको योजना नबनोस् र समाजमा मर्यादित वातावरण कायम होस् भन्ने उद्देश्यले होटलमा प्रहरीले नियमित निगरानी राख्ने उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले बताउनुभयो । उहाँले होटल व्यवसायीलाई समेत ग्राहकको परिचय खुल्ने गरी तथ्याङ्क राख्न अनुरोध गरिएको समेत जनाउनुभयो । अनैतिक यौन क्रियाकलापमा संलग्नलाई पहिलो पटकलाई चेतावनी सहित सुध्रिने मौका दिई अभिभावकको जिम्मा लगाई छोडिएको र उक्त होटल सञ्चालकहरूलाई समेत यौन क्रियाकलाप नगराउन चेतावनी दिइएकोसमेत उहाँले जानकारी दिनुभयो ।
स्रोत ;
ईश्वर भट्टराई
दैनिक नेपाल
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

हाँस्य सिरियल

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस