एजेन्सी । अनलाईमा सेक्सी फिल्ममा लिप्त एक जोडीका कारण उनीहरुकै बच्चाको ज्यान गएको छ । अश्लील फिल्म र उत्तेजनाको सुरमा उनीहरुले बच्चालाई खाना समेत नदिदा भोकले बच्चाको मृत्यु भएको हो ।
अमेरिकाको ओरेगनका २६ वर्षीय माइकल विलियम्स र उनकी २१ वर्षीय पत्नी एमाण्डा मेरी हैकाकलाईं हत्याको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । दुवै आरोपीले अश्लील चलचित्रको लत रहेको र दुवैले बच्चालाई बेवास्ता गरेको स्वीकार गरेका छन् ।
यस दौरान आरोपी एमाण्डा आफै स्तनपान गरेर अरुलाई देखाउँथिन । यस घिनलाग्दो काममा उनका पति समेत सामेल थिए ।
डेली मेलका अनुसार उनीहरुको यस हर्कतले उनको बच्चा दिनदिनै भोको भएर तौल कम हुँदै गएपनि डाक्टरलाई देखाउन र हेरचाह नगरेपछि मृत्यु भएको हो ।
आरोपी विलियम्सले भने डाक्टर बोलाउने काम एमाण्डाको भएकोले आफूले कुनै वास्ता नगरेको बताएका छन् ।
अन्तिम अवस्थामा अस्पताल लगेर गरिएको जाँचका क्रममा बच्चाको भोककै कारण मृत्यु भएको पत्ता लागेको हो । प्रहरीले दुवै जनालाई अहिले हिराशतमा राखेको छ ।