एउटा रुसी वेबसाइटमा प्रकाशित खबर अनुसार, कजाकिस्तानको बोर्डरबाट १२८ किलोमिटर पर चेलियाबिंस्कका वासिन्दाहरु बिहान जब निद्राबाट बिँउझिए तब सबै आश्चर्यचकित भए। आकाशमा तीन-तीन सुर्यले यो घटना अत्यन्न आश्चर्यचकित बनायो। यो अनौठो दृश्यलाइ 'फ्यानटम सन' पनि भनिन्छ।
कसरी देखियो तीन सुर्य
हावामा हुने बरफको सानो सानो कणको कारणले यस्तो देखिने हुन्छ। यि कणहरु आँखाले देखिदैन तर प्रकाशको किरणलाइ हावामा एत्रतत्र छर्ने काम गर्दछ। सुर्यबाट आएको प्रकाशलाइ नै यी कणहरुले अन्यत्र पनि देखाइदिएको ले यस्तो तीन सुर्यको दृश्य देखिएको हो। वायुमण्डलको तापक्रमले यस्तो अवस्थामा प्रभाव पार्दछ। चेलियाबिंस्ककामा यस्तो दृश्य देखिदा -२५ डिग्री सेल्सियस थियो तापक्रम।