Saturday, February 28, 2015

यी हुन धेरै कमाउने सेलिब्रेटी पत्‍नी

नेपालमा मात्र होइन धेरै देशमा श्रीमतीको तुलनामा श्रीमान्‌को आम्दानी बढी देखिन्छ। घरभित्रको काम श्रीमतीले गर्ने र घर बाहिरको काम श्रीमान्ले गर्ने र कमाएर ल्याउने प्रवृत्ति अझै अस्तित्वमा छ।

यस्तो प्रवृत्तिले आफ्नो र परिवारको लागि महिलाको आर्थिक आर्जन दह्रो बन्न सकेको छैन। तर संसारमा केही यस्ता चर्चित महिला छन् जसको कमाइ श्रीमान्‌को भन्दा धेरै छ।



मारिया केरी
विश्वप्रख्यात गायिका मारिया केरीका श्रीमान् निक क्यानोन अभिनेता, कमेडियन र र्‍यापर हुन्। तर मारियाले आम्दानी र सम्पत्तिको सन्दर्भमा श्रीमान्लाई उछिनेकी छन्। चर्चित कार्यक्रम 'अमेरिकन आइडल' मा निर्णायक बनेपछि उनको कमाइ झन् बढेको थियो।

अहिले उनको कमाइ पाँच सय २० मिलियन डलर छ। अमेरिकी इतिहासमा उनी सबभन्दा बढी आम्दानी गर्ने निर्णायक पनि हुन्। तर उनको श्रीमान् क्यानोनको आम्दानी २५ मिलियन डलरमात्र छ।

एन्जेलिना जोली
चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली र उनका श्रीमान् अभिनेता ब्राड पिट विश्वकै सर्वाधिक चर्चित जोडी मानिन्छन्।

उनीहरूको आम्दानी ५० मिलियन डलर छ। यो कमाइ उनीहरूको दुवैको संयुक्त आम्दानी हो। तर, यसमा एन्जेलिनाको कमाइको हिस्सा धेरै छ।

सञ्चारमाध्यमका अनुसार जोलीको कमाइ ३० मिलियन डलर छ भने ब्राडको २० मिलियनमात्र। यो जोडीलाई हलिउडमा ख्याती, आम्दानी दुवै दृष्टिले 'गोल्डेन कपल' मानिएको छ।

जेनिफर एनिस्टोन
हलिउड नायिका जेनिफर एनिस्टोन पनि श्रीमान्ले भन्दा धेरै कमाइ गर्छिन्। उनको पति जस्टिन थेरोक्स स्क्रिनप्ले लेखक हुन्।

जस्टिनले 'आइरन म्यान टु' जस्ता चलचित्रबाट केही आम्दानी गर्न सफल भए पनि उनको कमाइ उल्लेख्य छैन।

तर जेनिफरको आम्दानी एक सय १० मिलियन डलर रहेको छ। जेनिफरले ब्राट पिटसँग पारपाचुके गरेपछि जस्टिनसँग विवाह गरेकी हुन्।

जे के रोलिङ
जे के रोलिङ विश्वमै बेस्ट सेलिङ लेखिका हुन्। उनको सबभन्दा चर्चित पुस्तक ह्यारी पोटर हो। उनलाई यही किताबले अर्बपति बनायो।

अहिले उनको कमाइ एक अर्ब डलर छ। उनको श्रीमान् नेइल मुर्रेभन्दा धेरै कमाउँछिन्।

रोलिङको आर्थिक पृष्ठभूमि त्यति राम्रो थिएन। बाल्यकाल गरिबीमा बिते पनि लेखनमा लागेपछि उनी अर्बपति बनेकी हुन्।

ब्रिट्नी स्पेयर्स
गायिका ब्रिट्नी स्पेयर्सले केभिन फेडेरलिनसँग विवाह गरेकी थिइन्। त्यतिबेला केभिन साइड डान्सरको रूपमा काम गर्थे।

तर उनीहरूले केही वर्षपछि सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेदपछि ब्रिट्नीले केभिनको सहयोगको लागि ४० हजार डलर तिर्न अदालतले आदेश दियो।
किनभने केभिनको आम्दानी थोरै थियो। अहिले ब्रिटिन दुई सय मिलियन डलर कमाउँछिन्।

ओपरा विनफ्रे
ओपरा विनफ्रे संसारकी सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी हुन्। फोब्र्सले पनि उनलाई सर्वाधिक कमाउने महिला सेलिब्रेटीको रूपमा चित्रण गरेको छ।

उनको पार्टनर स्टेडम्यान ग्राहमको कमाइ उनको भन्दा थोरै छ। उनी सफल लेखक तथा व्यापारी हुन्।

ओपरा तीन अर्ब कमाउँछिन् भने श्रीमान् १० मिलियनमात्र कमाउँछन्। उनीहरू विवाह नगरी इन्गेजमेन्ट गरेर सँगै बस्दै आएका छन्।

वियोन्से
गायिका वियोन्से र उनको श्रीमान् र्‍यापर जे जेडको जोडीलाई पनि संसारमा सर्वाधिक आम्दानी गर्ने सेलिब्रेटी मानिन्छन्।

तर पनि जे जेडको भन्दा वियोन्सेको आम्दानी धेरै छ। वियोन्सेको आम्दानी ४० मिलियन डलर छ भने जेडको ३८ मिलियन डलर मात्रै।

वास्तवमा वियोन्सेले संसारको विभिन्न स्थानमा पुगेर कन्सर्टका साथै प्रोमोसन गरेर सर्वाधिक कमाइ गरेकी हुन्।

जेसिका सिम्पसोन
हलिउडकी पपस्टार, नायिका तथा डिजाइनर जेसिका सिमसनको अनुमानित सम्पत्ति एक बिलियन डलर रहेको छ।

उनको श्रीमान् नायक तथा फुटबलर इरिक जोनसनको आम्दानी जेसिकाको भन्दा धेरै गुना कम छ। तापनि यी जोडी सुखमय र खुसीसाथ दाम्पत्य जीवनमा छन्।


जुलिया रोबर्ट
हलिउडकी नायिका जुलिया रोबर्ट लामोसमय देखि प्रभावकारी अभिनय जमाएर हलिउडमा स्थापित बनिन् र आर्थिक रूपमा आफूलाई अब्बल बनाइन्।

उनको श्रीमान् डेनियल मोडर क्यामेराम्यान हुन्। उनी कम चर्चित त छन् नै आम्दानी पनि थोरै छ।

उनले वार्षिक ६७ हजार डलरमात्रै आम्दानी गर्छन्। तर जुलियाको आम्दानी उनको भन्दा दुई सय गुणा बढी छ।

ऐेश्वर्या राय
नायिका ऐश्वर्या राय बलिउडकी सर्वाधिक आम्दानी गर्ने सेलिब्रटी हुन्। तर उनको आम्दानी गर्भवती भएपछि घटेको छ।

चलचित्रमा अभिनय, विज्ञापनदेखी विभिन्न कार्यक्रममा सहभागी भएवापत ऐश्वर्याले आम्दानी गर्ने गरेकी छन्।

बलिउडमा धेरै पारिश्रमिक लिने नायिका पनि हुन् उनी। ऐश्वर्याको तुलनामा उनका पति अभिषेक बच्चनको आम्दानी निकै कम छ।

करिना कपुर
नायिका करिना कपुरको आम्दानी पनि श्रीमान् सैफअलि खानको भन्दा धेरै छ।

उनको पछिल्लो चलचित्र 'हिरोइन' ले ऐश्वर्याको रेकर्डलाई तोडेर २०१२  सम्मको सबभन्दा बढी आम्दानी गर्ने नायिकामा नाम आयो।

उनलाई एउटा चलचित्रमा काम गरेबापत आठ करोड दिइएको थियो। तर सैफको आम्दानी सरदर चार करोड ५० लाखमात्रै छ।

फराह खान
बलिउडकी निर्माता तथा निर्देशक फराह खान पनि पतिभन्दा धेरै कमाउने महिला हुन्। उनको 'ओम शान्ति ओम', 'मे हुँ ना' जस्ता चलचित्रले धेरै कमाए।

उनको आम्दानी एक अर्ब ३० करोड भारतीय रुपैयाँ रहेको बताइन्। उनका श्रीमान् शिरीश कुन्दर पनि निर्माता निर्देशक हुन्।

 तर उनले बनाएका 'जानेमन', 'जोकर' जस्ता चलचित्रले खासै कमाइ गर्न सकेन।


तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस